You are viewing the translated version of मूल्य अभिवृद्धि करको दायरामा आउने जडिबुटीमा आधारित उद्योगलाई छुट सम्बन्धी विशेष व्यवस्था.
Section 38
मूल्य अभिवृद्धि करको दायरामा आउने जडिबुटीमा आधारित उद्योगलाई छुट सम्बन्धी विशेष व्यवस्था
(१) मूल्य अभिवृद्धि करमा दर्ता भएका वा नभएका जडिबुटीमा आधारित उद्योगले आर्थिक वर्ष २०७१/०७२ देखि मूल्य अभिवृद्धि कर लाग्ने वस्तुमा मूल्य अभिवृद्धि कर सङ्कलन र दाखिल नगरेको भएमा मूल्य अभिवृद्धि करमा दर्ता भई आर्थिक वर्ष २०७१/०७२ देखि संवत् २०८० साल जेठ १४ गतेसम्मको कारोबार रकमको पाँच प्रतिशत रकम: संवत् २०८० साल पुस मसान्तभित्र दाखिल गरेमा बाँकी कर, थप दस्तुर, व्याज र जरिबाना मिनाहा हुनेछ।
(२) उपदफा (१) बमोजिम कर लाग्ने कारोबारमा कर निर्धारण भई तिर्न बाँकी रहेको वा त्यस्तो कर निर्धारण उपर प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा विचाराधीन रहेको मुद्दा फिर्ता लिई . आर्थिक वर्ष २०७१/०७२ देखि संवत् २०८० साल जेठ १४ गतेसम्मको कारोबार रकमको पाँच प्रतिशत रकम संवत् २०८० साल पुस मसान्तभित्र दाखिल गरेमा बाँकी कर, थप दस्तुर, ब्याज र जरिबाना मिनाहा हुनेछ।